इटालीको भेनिसमा ५० वर्ष यताकै भीषण बाढी

पोखरा न्यूज – २७, कार्तिक । इटालीको भेनिस सहरमा ५० वर्ष यताकै भीषण बाढी आएपछि त्यहाँको स्थानीय निकायले आकस्मिक अवस्था घोषणा गरेको छ ।

विश्वकै प्रख्यात पर्यटकीय सहर भेनिसमा मङ्गलबार रातीदेखि घनघोर वर्षा भएपछि सहरको ४५ प्रतिशत भुभागमा जलमग्न भएको छ । भेनिस सरकारका अनुसार त्यहाँ १ सय ८७ सेन्टिमिटरसम्मको छाल उठेको छ जुन सन् १९६६ पछि कै उच्च छालको रेकर्ड हो ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीरहरुमा बेसिलिकाको सेन्ट मार्क स्क्वायरदेखि ग्रीट्टी प्यालेस होटल जलमग्न भएको देखिएको छ भने स्थानीय सरकारले बुधबार सबै विद्यालयलाई बिदा दिएको छ । त्यस्तै त्यहाँको स्थानीय निकायले आफ्ना नागरिक र व्यापार व्यवसायलाई बाढी पुर्याएको क्षतिको विवरण प्रमाणस्वरुप राख्न अनुरोध गरेको छ । त्यसै प्रमाणबाट क्षतिपूर्तिका लागि दाबी गर्न सकिने भेनिस सरकारले जनाएको छ ।

५३ हजार जनसंख्या रहेको भेनिसले पछिल्लो समय अत्यधिक पर्यटकलाई रोक्न उपायहरु अपनाउँदा त्यहाँको जनसंख्या घट्दो क्रममा छ । बाढी पछि सरसफाईका लागि ३० स्वयंसेवक खटाइएको त्यहाँको छाल पुर्वानुमान र रिपोर्टिङ सेन्टरले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button