ट्रक दुर्घटना हुँदा २ को मृत्यु

पोखरा न्यूज – २७, कार्तिक ।  पश्चिम नवलपरासीको दाउन्ने उकालोमा आज भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । वीरगञ्जबाट भैरहवातर्फ आउँदै गरेको ना४ख ४५०४ नंको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४ स्थित दाउन्नेमा बिहान दुर्घटनामा परेको हो ।

ट्रक सडकबाट करीब २५ मिटर तल खसेको थियो । पल्टिएको ट्रकले च्याप्दा सोही ट्रकका धनी सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय बलबहादुर सार्की र सवारी चालक सोही ठाउँ बस्ने २९ वर्षीय नरबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । सडकबाट तल खोल्सोमा खसेको ट्रकलाई क्रेनको सहायताबाट निकालिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button