पोखराकी रजनीलाई ‘दि भ्वाईस अफ नेपाल’ मा जिताउन पोखरेली जुट्दै

आर.आर. पौडेल,पोखरा न्यूज – २८, कार्तिक । दोस्रो संस्करणको ‘दि भ्वाईस अफ नेपाल’ गायन रियालिटी शो मा टप १२ मा पर्न सफल पोखराकी रजनी ऋदम राईलाई जिताउन पोखरेली जुटेका छन् । हिमालयन टेलिभिजन मार्फत हरेक हप्ताको शुक्रबार र शनिबार प्रसारण हुने उक्त रियालिटी शोमा दुई दशकदेखि पोखरालाई कर्मथलो बनाउदै आएकी गायिका रजनी ऋदम राई पुगेकोमा पोखरेली उत्साहित बनेका छन् ।

उनै रजनीलाई जिताउन पोखरामा रजनी ऋदम राई जिताउ अभियान समिति समेत गठन गरिएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष संगीतकार सुनिल थापा संयोजक रहने गरि उक्त समिति गठन गरिएको हो । समितिको सह–संयोजक पोखराका महिला गायिकाहरुद्वारा स्थापना गरिएको हाम्र्रोनी गु्रपकी अध्यक्ष ईतु जोजिजु छन् ।

सचिवमा पत्रकार एंव गायक सन्तोष बस्याल रहेका छन् भने आर्थिक विभाग प्रमुखको जिम्मेबारी गायिका कौशल्या गुरुङले पाएकी छिन् । समितिको सदस्यहरुमा विवेक त्रिपाठी, सावित्री थापा, स्नेहा गुरुङ, बबी सुनार, शान्त बज्रचार्य, जुनु थापा क्षेत्री, विष्णु पोखरेल, विनय पराजुली , विकल बराल, किशोर सुवेदी, शितल थापा, सुरेश सुनार, सानु जोजिजू, प्राप्ती तुलाचन रहेका छन् ।

यस्तै, समितिको सल्लाहकारहरुमा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, सप्तरङगी प्रतिष्ठान नेपालका अध्यक्ष पदमराज ढकाल, बार्दली इभेण्ट प्रालीका अध्यक्ष मन क्षेत्री, जोजिजू म्युजिक स्कुल एण्ड सेन्टरका सञ्चालक विनित जोजिजू, युवा नेता एवं समाजसेवी मनकुमार श्रेष्ठ, गायक विनोद बानियाँ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, त्रिबेणी संगीतालयको निर्देशक नवराज बराल र डिवि राई रहेका छन् ।

गठन भएको समितिले रजनीलाई जिताउन पहल गर्ने छ । कार्यक्रममा बोल्दै संयोजक सुनिल थापाले रजनी ऋदम राई आशा लाग्दी गायिका भएको र भोटिङका कारण पछाडी पर्न नहुने बताए ।  रजनीको स्थाई घर दार्जलिङ भएता पनि लामो समयदेखि उनी पोखरालाई कर्म थलो बनाउदै आएकी छिन् । पोखरा संग उनको सम्बन्ध प्रगाढ छ । रजनीले पोखरा आसपासमा रहेको थुप्रै गाउँठाउँका गीतहरु गाएकी छिन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button