सुनको भाउ ७२ हजार पुग्यो

पोखरा न्यूज – २७, कार्तिक । सुनको मुल्य साता कै उच्च विन्दु छुँदै तोलाको ७२ हजार पुगेको छ ।

आइतबार तोलाको ७१ हजारमा कारोबार भएको सुन साताभरिमा एक हजारले वृद्धि हुँदै ७२ हजार पुगेको हो । त्यस्तै बिहीबार तेजाबी सुन तोलाको ७१ हजार ७ सय र चाँदी तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीमा मुल्यमा पनि हिजो भन्दा १० रुपैयाँले वृद्धि भएको हो ।

बिहेको लगनको महिना मङ्सिर आउँदै गर्दा सुनचाँदीको मुल्यमा अझै वृद्धि हुने अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button