इमर्जिङ एशिया कपमा नेपाल भारतसँग ७ विकेटले पराजित

पोखरा न्यूज – २७, कार्तिक ।   बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ ।

ढाकास्थित कृरा शिक्खा मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङ गर्यो । राम्रो सुरुआत नगरेको नेपाल ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा समेटियो । नेपालका कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल खाता नै खोल्न नपाउँदै पवेलियन फर्किए ।

नेपालका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले सर्वाधिक ५६(४९) रनको योगदान दिए । नेपालका लागि शरद भेषवाकरले ४४ रन जोड्दा कुशल भुर्तेल २८ रनमा आउट भए । त्यस्तै दीपेन्द्र सिंह ऐरी २४ र करण केसीले २० रन बनाए । भारतका सौरभ दुबे एक्लैले चार विकेट लिए भने एस राठोडले तीन तथा पर्थ रेखाडेले दुई विकेट झारे ।

१९४ रनको मध्यम लक्ष्य भारतले ४२ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारतका सरथ बिआरले ४९(४९) रन बनाउँदा सन्भीर सिंहले ५६(७३) र ५१(७७) रनको योगदान दिए । नेपालका लागि करन केसी, सुशान्त भारी र ललित राजवंशीले १-१ विकेट हासिल गरे ।

प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, भारत र हङकङ छन् । त्यस्तै समूह ‘ए’मा श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button