तनहुँको स्वास्थ्य चौकी भवनमा करेन्ट लागेर २ जनाको मृत्यु

पोखरा न्यूज – २८, कार्तिक । तनहुँमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ ।

बिहीबार करिव १२ :२० बजेको समयमा  तनहुँ म्याग्दे गाउपालिका-२ जामुनेमा  स्वास्थ्य चौकीको भवनमा करेन्ट लागेर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नयाँ स्वास्थ्य चौकीको भवनमा मार्वल घोट्ने क्रममा करेन्ट लागेर भारत बेतिहारी घर भई तनहुँको दमौलीमा बस्ने २५ बर्षीय साजत आलम र २२ बर्षीय आजात आलमको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button