नुहाउने क्रममा त्रिशूलीमा बगेर बेपत्ता १ बेपत्ता

पोखरा न्यूज २९, कार्तिक । इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित त्रिशूली नदीमा हिजो दिउँसो नुहाउने क्रममा नदीले गाएर १ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा विरगञ्ज महानगरपालिका–३२ का अन्दाजी २१ वर्षीय विजय लामा रहेका छन् । धारापानी क्षेत्रमा ज्यालामजदूरी गरी बस्दै आएका लामा नुहाउने क्रममा दिउँसो तीन बजे बेपत्ता भएका हुन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button