सप्तरंग २ को समापन पोखरामा

आर.आर. पौडेल, पोखरा न्यूज २९, कार्तिक । आगामी मंसिर ४ गते पोखरामा सप्तरंग २ को आयोजना हुँदैछ । पोखराको अमरसिंह चौरमा साँझ ५ बजेबाट सुरु हुने यो कार्यक्रममा पुगरे दर्शकले नेपालका चर्चित कलाकारलाई भेट्न मात्र होइन उनीहरुको प्रस्तुती हेर्दै रमाउन पाउनेछन् ।

ग्रिष्मा बोर्डकास्टिङको आयोजनामा देशका सातै प्रदेशमा आयोजना भएको यो कार्यक्रम अन्तर्गत पोखरामा हुने कार्यको स्थानीय व्यवस्थापन बार्दली मिडिया प्रालिले गरेको छ । निःशुल्क प्रवेश गर्न पाइने कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमाल, गायक सुगम पोखरेल, प्रकाश सपुत, हिमाल सागर, रबि ओड गायिका मेलिना राई, कलाकार जितु नेपाल आदिको प्रस्तुती रहनेछ ।

नेपालका सातै प्रदेशको पर्यटन प्रर्वद्धन र समुन्नतीको लागि आयोजित यो कार्यक्रम विर्तामोडबाट सुरु भई पोखरामा आएर समापन हुन लागेको हो । यस अगाडी कार्तिक २२ गते विरगञ्ज, २४ गते चितवन, २६ गते नेपालगञ्ज, २८ मा सुर्खेतमा आयोजना भएको थियो ।

शनिबार महेन्द्रनगरमा यो कार्यक्रमको आयोजना हुनेछ । मंसिर ४ गते पोखराको कार्यक्रमसँगै यसपालिको सप्तरंग २ को समापन हुने आयोजकले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button