अफगानिस्तानमा ४ जिल्लास्तरीय प्रहरी अधिकृत मारिए

पोखरा न्यूज २९, कार्तिक । अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित ४ प्रहरी अधिकृत मारिएका छन् ।
तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

“तखार प्रान्तमा पर्ने वार्साज जिल्लाका प्रहरी प्रमुख अफ्जाल हकिमी र उनका अरु ३ जना सहकर्मीको मृत्यु भएको छ,” तखार प्रान्तको प्रान्तीय सरकारका प्रवक्ता जवाद हिजीरीले सिन्ह्वासँग भने ।

घटना भएको ठाउँ प्रहरी प्रमुख हकिमीको गृहजिल्ला जाने बाटोमा पर्दछ । त्यो क्षेत्र तालिबान लडाकूहरुको बढी प्रभाव रहेको क्षेत्र मानिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button