दीननाथ बराल, पोखरा न्यूज – २९, कार्तिक । कास्की क्षेत्र नं.२ प्रतिनीधि सभा उप-निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार बिद्या भट्टराईले आफ्नो सम्पति छानविन गर्न आग्रह गर्दै दोषि ठहरिए कारवाही भोग्न तयार रहेको बताएकी छन् ।
नेपाल पत्रकार महासंघको आयोजना तथा महासंघ कास्की शाखाको समन्वयमा पोखरामा शुक्रबार भएको प्रतिनिधि सभा उप-निर्वाचन उम्मेदवार सम्बाद कार्यक्रममा वोल्दै उम्मेदवार भट्टराईले आफ्नो सम्पत्ति छानविन गर्दा दोषी ठहरिएमा आफु दण्डित हुन तयार भएको बताएकी हुन्।
तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको जस लिनेले अपजस पनि लिनुपर्दछ भन्ने सहभागिको प्रश्नमा उम्मेदवार भट्टराईले सहभागीलाई हल्लाको पछाडी नलाग्न आग्रह गर्दै आरोपित कुराको छानविन गर्न आफुले सघाउने बताउदै आरोप पुष्टी भएमा जुनसुकै कारबाही भोग्न तयार रहेको उल्लेख गरिन ।
आरोप लगाउदैमा व्यक्ति गलत नहुने बताउदै उनले राजनीतिक आस्थाका आधारमा आरोप लगाइने गरेको गुनासो गरिन । उनले भनिन “ आरोप मात्र होइन अब छानविन सुरु गरौ, छानविनको नेतृत्व मैले गर्नुपर्छ भने पनि तयार छु, मेरो सम्पत्ति छानविन गर्नुहोस यदि दोषी ठहरिए दण्डित हुन्छु । ”
संवेदनाले चुनाब जित्छु भनेर आउनु भएको हो नि भनि सहभागिले सोधेको प्रश्नमा उम्मेदवार भट्टराईले आफु योग्य महिला भएको कारण पार्टीले आफुलाई अघि सारेकोले नै चुनावी मैदानमा उत्रिएको बताइन्। ‘हाम्रो संविधानले महिलाहरुलाई ३३ प्रतिशत सहभागिता सुनिश्चितत गरेको छ, बढाएर ५० प्रतितश पु¥याउने भनिरहेको अबस्था छ, यो सन्दर्भमा बिद्या भट्टराई आउन हुने कि नहुने ? , बिद्या भट्टराई कुन हिसावले योग्यता नपुगेको व्यक्ति हो ?’ – उनले प्रतिप्रश्न गरिन ।
बिगतमा आफुँ राजनीतिमा नै लागिपरेको उल्लेख गर्दै उनले आवाज वुलन्द पार्न सक्ने महिलाहरुको प्रतिनिधि पात्रको रुपमा आफुँ अघि बढेको दावी गरिन । ”
सम्बाद कार्यक्रममा नेकपा सँगै नेपाली कागेंसका उम्मेदवार खेमराज पौडेल, समाजबादी पार्टीका उम्मेदवार ई.धर्मराज गुरुङ र साझा पार्टीकी उम्मेदवार रजनी केसी सहभागी भएका थिए ।
यो पनि पढ्नुहोस् –
मैले अनियमितता गरेको भए माफि मागेर उम्मेदवारी नै फिर्ता लिन्छु- उम्मेदवार पौडेल
मेरो दुई-दुईवटा पेन्सन छ केमा लोभ गर्नु – उम्मेदवार ई. गुरुङ
जनताको आवाज उठाउन एक सिट नै ठुलो- उम्मेदवार केसी