मैले अनियमितता गरेको भए माफि मागेर उम्मेदवारी नै फिर्ता लिन्छु- उम्मेदवार पौडेल

दीननाथ बराल, पोखरा न्यूज – २९, कार्तिक । नेपाली काँग्रेस कास्की क्षेत्र नं.२ प्रतिनीधि सभा उप-निर्वाचनका उम्मेदवार खेमराज पौडेलले आफु  पहिला सुकुम्बासी आयोगको अध्यक्ष हुँदा  कुनै अनियमितता नगरेको दावी गरेका छन्  ।

नेपाल पत्रकार महासंघको आयोजना तथा महासंघ कास्की शाखाको समन्वयमा पोखरामा शुक्रबार भएको प्रतिनिधि सभा उप-निर्वाचन उम्मेदवार सम्बाद कार्यक्रममा वोल्दै उम्मेदवार पौडेलले अध्यक्ष हुँदा आफूले केहीलाई निष्पक्ष रुपले  सेतो पूर्जा  उपलब्ध गराएको उल्लेख गर्दै अध्यक्ष हुँदा  कुनै अनियमितता नगरेको प्रष्ट पारे।

सम्बाद कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै उम्मेदवार पौडेलले आफुँले अनियमितता गरेको  लाग्छ भने बस्ती बस्तीमा गएर सोध्न आग्रह गर्दै अनियमितता गरेको पुष्टी भएमा  सवै माझ मैले माफि मागेर उम्मेदवारी नै फिर्ता लिने ठोकुवा गरे । ” उनले तत्कालिन अवस्थामा समयावधि सकिएकाले  सबै समस्या सुल्झाउँन नसकेको तर्क गरे । उम्मेदवार पौडेल २०५५ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सुकुम्बासी आयोगको अध्यक्ष बनेका थिए ।

उम्मेदवार पौडेलले आफु शारीरिक रुपमा सक्षम भएको बताउदै आफ्नो उमेरले अहिलेसम्म कुनै पनि काम गर्न नछेकेको र नरोकेको बताउदै आगामी दिनमा पनि उतिकै जोश जागरमा अघि बढ्ने दावी गरे  ।  पौडेलले व्यत्ति बिचारले कहिले पनि बुढो नहुने बताए । उनले भने “ म विचारले बुढो भएको छैन्, म कुनै रुपमा अशक्त पनि छैन ।”

आफ्नो उमेर पनि माथि भएको र  खान लाउन आफुँले प्राप्त गरिरहेको  पेन्सनले पुग्ने  हुँदा  राज्यको सम्पत्तिमा कुनै आँखा नलगाउने उनले जनाए ।

सरकारी रवैया बिरुद्ध आफ्नो उम्मेदवारी भएको प्रष्ट पार्दै उम्मेदवार पौडेलले जनता झूक्काउने राजनीतिक संस्कारका कारण जनतामा  वितृष्णा उत्पन्न भएको बताए ।

सम्बाद कार्यक्रममा  कागेंसका उम्मेदवार खेमराज पौडेल सँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार बिद्या भट्टराई, समाजबादी पार्टीका उम्मेदवार ई.धर्मराज गुरुङ र साझा पार्टीकी उम्मेदवार रजनी केसी सहभागी भएका थिए ।

यो पनि पढ्नुहोस् –

मेरो सम्पति छानविन गर्नुहोस् दोषी भए सजाय भोग्छु- उम्मेदवार भट्टराई

मेरो दुई-दुईवटा पेन्सन छ केमा लोभ गर्नु – उम्मेदवार ई. गुरुङ

जनताको आवाज उठाउन एक सिट नै ठुलो- उम्मेदवार केसी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button