मेरो दुई-दुईवटा पेन्सन छ केमा लोभ गर्नु – उम्मेदवार ई. गुरुङ

दीननाथ बराल, पोखरा न्यूज – २९, कार्तिक । समाजबादी पार्टीका उम्मेदवार ई.धर्मराज गुरुङले एक रुपैया पनि भ्रष्टचार नगर्ने दाबी गरेका छन्  ।

नेपाल पत्रकार महासंघको आयोजना तथा महासंघ कास्की शाखाको समन्वयमा पोखरामा शुक्रबार भएको प्रतिनिधि सभा उप-निर्वाचन उम्मेदवार सम्बाद कार्यक्रममा वोल्दै उम्मेदवार ई.गुरुङले आफ्नो  दुई-दुईवटा पेन्सन भएकोले केहि कुरामा लोभ नगरी जनताको सेवामा लाग्ने बताएका हुन् ।

उनले भने “ मेरो दुई वटा पेन्सन भएको हुँदा  राज्यका कुनै पनि विकास निर्माणमा मैले कुनै अनियमितता र भ्रष्टचार गर्दीन । ”देशमा सिस्टम नहुदा बेतिथि भएको उनको तर्क थियो । इमानदारीताको अभाब  र चुनावमा जनता सामु दिएका वचन  पालना नगर्ने हुँदा  देशमा समस्या आएको उनले जनाए । शुसासन र मुलुकलाई समृद्ध पार्न आफुले  उम्मेदवारी दिएको ई.गुरुङले जनाए ।

यदि कसैले भ्रष्टचार गरेको पुष्टि भएमा उसको सम्पतिको  ४० प्रतिशत बाहेक अन्य सम्पति  राष्ट्रिय करण गर्नुपर्ने  निती राज्यले बनाउनु पर्ने उनको धारणा थियो ।

ब्रिटिस सेनामा २४ वर्ष र संयुक्त राष्ट्रसंघमा १५ वर्ष काम गरेका  ई.गुरुङ सेवानिवृत्त पश्चात सक्रृय राजनीतिमा लागेका हुन् ।

सम्बाद कार्यक्रममा  उम्मेदवार ई.धर्मराज गुरुङ सँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार बिद्या भट्टराई, कागेंसका उम्मेदवार खेमराज पौडेल र साझा पार्टीकी उम्मेदवार रजनी केसी सहभागी भएका थिए ।

यो पनि पढ्नुहोस् –

मेरो सम्पति छानविन गर्नुहोस् दोषी भए सजाय भोग्छु- उम्मेदवार भट्टराई

मैले अनियमितता गरेको भए माफि मागेर उम्मेदवारी नै फिर्ता लिन्छु- उम्मेदवार पौडेल

जनताको आवाज उठाउन एक सिट नै ठुलो- उम्मेदवार केसी

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button