सागको तयारी अन्तिम चरणमा, एक साता भित्र पोखरामा स्टेडियम तयार हुने !

दीननाथ बराल, पोखरा न्यूज- ३०, कार्तिक । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुने १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) को तयारी अन्तिम चरणमा पुगेको छ । साग तयारी समिति पोखरा प्रचार प्रसार तथा प्रकाशन समितिको आयोजनामा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सागको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।

काठमाण्डौं, पोखरा र जनकपुरमा हुने साग अन्तर्गतका  २८ वटा खेलहरु पुर्वाधार निर्माणका हिसावले नरोकिने मन्त्री विश्वकर्माले बताएका छन्। काठमाण्डौंमा साग सम्पन्न गर्न  गठन भएका १५ र पोखरामा गठन भएका १३ वटा उपसमितिहरुले तयारीलाई तिव्रता दिँदै आ-आफ्नो ढंगबाट जिम्मेवारी वहन गरेको मनत्री विश्वकर्माको भनाई छ । उनले भने “ सागको दिन आउन दुई साता बाँकी रहदा केही खेल पूर्वाधार निर्माण अझै हुदैछ, हामीलाई निर्माण कम्पनीहरुले सागको खेल हुने भन्दा केही दिन अघि नै निर्माण सम्पन्न गर्ने वचनवद्धक्ता व्यक्त गरेकोले हामीले पूर्वाधारका हिसावले कुनै खेल रोक्दैनौं ।”

अब पूर्वाधारको हिसावले तल माथि नहुने उनले दाबी गरे । काठमाण्डौंको दशरथ रंगशालाकोे भिआइपी प्यारापिटमा छानो हाल्ने, सात दोवाटोमा रहेको पौडी पोखरीमा हिटिङ सिस्टम जडान गर्ने र पोखरामा हुने महिला फुटवलको लागि फुटवल स्टेडियमको प्यारापिट निर्माण (ग्राण्ड स्ट्याम जडान) गर्ने र केही दुवो मरेकोले दुवो पुनः रोप्ने काम एक साता भित्र हुने मन्त्री विश्वकर्माले बताए । करिब डेढ बर्षमा संकल्पका साथ लागेर नेपालकै इतिहासमै सवै भन्दा धेरै खेलकुदको पूर्वाधार निर्माण यस बर्ष भएको मन्त्री विश्वकर्माको दाबी छ ।

उनले भने “ यदि तत्कालिन सरकारले साग आयोजना गर्ने जिम्मेवारी पुरा गरेको भए वर्तमान अबस्थामा साग सम्पन्न भइसकेको हुने थियो, वर्तमान सरकार गठन भयो तर साग लक्षित भौतिक पूर्वाधार निर्माण हुन नसक्दा हामीलाई पूर्वाधार निर्माणको गतिलाई अघि बढाउन बढी दबाब पर्यो । ”

२०७२ सालमा हुने साग भूकम्पबाट प्रभावित भए पश्चात दुई बर्ष पछि २०७४ मा हुनुपर्नेमा बक्यौंता जिम्मेवार  निकै चुनौती पूर्ण रुपमा आफ्नो काधमा आएको त्यसलाई  पुरा गर्ने  उनले जनाए । सागलाई भव्य र र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्णमा आग्रह गर्दै मन्त्री विश्वकर्माले नेपालको इज्जत र प्रतिष्ठासंग जोडिएको साग सम्पन्न गर्न सबै लागिपर्न आव्हान गरेका हुन्। नेपालबाट सुरु भएको साग यस पटक तेश्रो पटक नेपालमा हुने भएकोले नेपालले आफ्नो साख जोगाउने गरी पदकमा पनि राम्रो नतिजा ल्याउने उनले जनाए ।

साग अन्तर्गत पोखरामा महिला पुरुष तर्फको ह्याण्डवल, आर्चरी, बिच भलिवल, भारतोलन, व्याडमिन्टन, ट्याथलन, प्याराग्लाईडिङ, महिला फुटवल र महिला क्रिकेट हुने भएको छ । जनकपुरमा कुस्ती हुने भएको छ भने बाँकी खेलहरु काठमाण्डौंमा हुने भएको छ ।

कार्यक्रम प्रचार प्रसार  समितिका सह-संयोजक रञ्जन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button