चुनाव नजिकिदै गर्दा १ सय ९० राउण्ड गोली सहित ५ अत्याधुनिक हतियार फेला

पोखरा न्यूज -३०, कार्तिक ।  जिल्ला प्रहरी कार्यालय दाङले ठूलो मात्रामा अत्याधुनिक हतियार फेला पारेको छ । प्रहरीले शुक्रबार बेलुकी गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सिमानामा रहेको बेवारिसे खाली गोठमा लुकाइराखेको अवस्थामा गोलीसहित उक्त हतियार फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक विनोदविक्रम शाहका अनुसार गोठमा पातपतिङ्गरले छोपेर सुटकेशभित्र राखिएको अवस्थामा एसएमजी राइफल पाँच थान, उक्त राइफलमा लाग्ने म्याग्जिन १३ थान र उक्त राइफलमा प्रयोग हुने  सय १ सय ९० राउण्ड गोली फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भट्टराईका अनुसार विशेष सूचनाका आधारमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले लुकाइराखेको उक्त हतियार शुक्रबार बेलुकी करीब ६ः०० बजेतिर फेलापारेको थियो ।

“हतियार किन र कसले राख्यो जानकारी आउन सकेको छैन । तर, सूचना आउँदा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार ओसारपसार गर्दैछन् भन्ने सूचना आएको थियो”, उनले भने, “चुनावको कार्यक्रमलाई प्रभावित पार्न पनि हतियार स्थानान्तरण गर्न लागेको हुनसक्छ, थप कुरा अनुसन्धानपछि खुल्छ ।”

गोलीगठ्ठासहित हतियार ओसारपसारबारे थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. आफ्नै शेना आफ्नै प्रहरी आफै सत्ता मा आफैले राखेपका हतियार कसरी बाहिरीयो कुरो न मिलेर त होलानी ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button