काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पोखरा न्यूज -३०, कार्तिक ।  काठमाडौँ महानगरपालिका– ३१ नयाँ बानेश्वरस्थित सडकमा बा९१प १७६६ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालक बाजुरा दहकोट घर भएका ३२ वर्षीय गोकुलबहादुर रोकायाको नागरिक अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उदयपुरका १९ वर्षीय प्रदीप मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका– ६ मूलपानी बस्ने ३४ वर्षीय सोनाम लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत छ जना गएराति पक्राउ परेका छन् ।

उनीहरुको साथबाट रु दुई लाख २० हजार नगद र १६ थान कौडा बरामद गरिएको प्रहरीले आज एक सूचनामार्फ जनाएको छ । उनीहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button