नयाँ पुस्तालाई लक्षित गरी सुजुकीको नयाँ गाडी पोखराको बजारमा

दीननाथ बराल, नयाँ पुस्तालाई लक्षित गरी पोखरामा सुजुकीको एस-प्रेसो (माई फस्र्ट एसयुभी) गाडी भित्रिएको छ ।  नेपालका लागि सुजुकी ‘फोर-ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका आधिकारिक बिक्रेता बताश ब्रदर्स प्रालिले पोखराको बजारमा उक्त गाडी भित्राएको हो ।

१० भन्दा बढी सुरक्षा व्यवस्था रहेको ‘एस-प्रेसो’ कारमा सुजुकीले वेस्ट-इन-क्लास फिचरहरु समेत लोड गरेको बतास ब्रदर्सका वरिष्ठ अधिकृत विक्की गुरुङले बताए । अन्य गाडीहरु भन्दा लुक्स समेत राम्रो भएको हार्ट टेक्ट प्लेट फर्मको पाँचौं पुस्तामा निर्माण भएको ‘एस-प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको कम्पनीले दाबी गरेको छ ।

यसैबिच गाडीको एक समारोहका वि च बतास ब्रर्दशका प्रबन्ध निर्देशक शान्तराम बतासले सार्वजनीक गरेका छन्। आइतबारदेखि गाडी विक्रि वितरण समेत शुरु गरिएको छ । प्रति लिटर २१ किलोमिटरको माइलेज दिने, १ सय ८० एमएम हाई ग्राउन्ड क्लेरेन्स भएको बरिष्ठ अधिकृत गुरुङले बताए । गाडी निलो, हरियो, रातो र चाँदीकलरमा उपलब्ध छ । नयाँ सुजुकी ‘एस-प्रेसो’को डिजाइन ‘बोल्ड’ छ र एसयुभी गुणले पूर्ण भएको उनले जनाए ।

यसमा प्रयोग गरिएको ‘अर्पेचर हेडल्याम्प’ र ‘ग्रिल ग्राफिक्स’ले यो कारको ‘बोल्डनेस’लाई व्यापक बनाइ दिएको कम्पनीले जनाएको छ ।  स्ट्याण्डर्ड गाडीको मुल्य २२ लाख ९९ हजार मुल्य रहेको छ भने एलएक्सआई २३ लाख ९९ हजार, भीएक्सआईलाई २४ लाख ९९ हजार, भीएक्सआई प्लसको २५ लाख ४९ हजार मुल्य रहेको छ । उद्घाटनको अवसरमा प्रति गाडी ३० हजारसम्म छुट दिने भएको छ । ‘एस-प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ राखिएको कम्पनीले जनाएको छ ।

सुजुकीको ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौ पुस्तामा निर्माण गरिएको यो कार भारतको पछिल्लो सुरक्षा मापदण्डमा आधारित भएको बतास ब्रर्दशका प्रबन्ध निर्देशक शान्तराम बसातले बताए । युवा वर्गले बढी रुचाउने कार नेपालको माटो सुहाउदो भएको उनले जनाए । ‘एस-प्रेसो’ले २१.७ केएमपीएलसम्म माइलेज दिने कम्पनीले जनाए ।

यसमा ‘डुअल एअरब्याग’, ‘इबीडी’ (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन) सहितको ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम), ‘प्रि-टेन्सनर’ र ‘फोर्स लिमिटर’ सहितको सिट बेल्ट, ड्राइभर र को-ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’ लगायतका सुरक्षा फिचरहरु रहेको बरिष्ठ अधिकृत गुरुङले जनाए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. I like this car .कहिले बाट शुरु हो बिक्री ??? सो रुम कहाँ छ पोखरा मा??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button