हङकङको महाभारत: प्रदर्शनकारीले प्रहरीविरुद्ध धनुषवाण प्रहार गर्न थाले

पोखरा न्यूज -१, मंसिर । हङकङमा जारी सरकार विरोधी प्रदर्शनमा आन्दोलनकारीले प्रहरीमाथि धनुषवाण र पेट्रोल बमले आक्रमण गरेका छन् ।

हङकङ पोलिटेक्निक विश्वविद्यालयमा भएको झडपमा प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रयोग गरेपछि प्रदर्शनकारीले पनि प्रहरीमाथि इँटा, वाण र पेट्रोल बम प्रहार गरेका थिए ।

प्रदर्शनकारीको वाण लागेर एक जना घाइतेसमेत भएका थिए भने एक प्रहरीको भाइजरमा फलामको गोला प्रहार गरिएको थियो । झडपमा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रु ग्यासको व्यापक प्रयोग गरेको थियो ।

विश्वविद्यालय क्षेत्रमा आन्दोलनकारीहरुले बालेको आगोको मुस्लो आकाशसम्म देखिएको थियो भने विश्वविद्यालयको छतबाट प्रदर्शनकारीले गुलेली र धनुषवाण आक्रमण गरेका थिए ।

चीनको जनमुक्ति सेना हङकङको सडकमा निस्किएसँगै आन्दोलन अझै चर्कने अनुमान गरिएको छ । चीनले भने जनमुक्ति सेना प्रदर्शनकारी गरेको फोहोर सफा गर्न मात्र सडकमा निस्किएको बताएको छ ।

चीनको जनमुक्ति सेना यस अघि सन् १९९७ र सन् २०१८ को टाइफुन पछि सडक सफा गर्न भनेर मात्र हङकङको सडकमा निस्केको थियो

। शनिबारसम्म चिनियाँ सेना प्रदर्शनका बाबजुद आफ्नै बेस भित्रै सीमित थियो । चिनियाँ राष्ट्रपति सि जिङ्ग पिङले भने हङकङ सरकार आफ्नो समस्या समाधान गर्न सक्षम रहेको अभिव्यक्ति दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button