पोखराका मुख्य चोकमा आकासे पुल : नेकपा उमेदवार विद्या

पोखरा न्यूज -१, मंसिर । कास्की- २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अधिकारीले सृजना चोकसहित पोखराका मुख्य चोकमा आकाशे पुल बनाउने घोषणा गरेकी छन् ।

चुनावी घरदैलोका क्रममा सृजनाचोकमा भएको कोणसभामा उनले पोखराको जनघनत्व र भीडका कारण उत्पन्न ट्रापिक जाम कम गर्न सभागृहचोक, पृथ्वीचोक, महेन्द्रपुल, अमरसिंहचोक लगायतका मुख्य चोकमा आकासेपुल अत्यावश्यक रहेको जनाएकी हुन् ।
कास्की- २ मा यसअघि निर्वाचित रवीन्द्र अधिकारीकै पहलमा सिर्जनाचोकमा आकाशे पुलको डिपीआर बनेर बजेटसमेत विनियोजन भइसकेको छ । उनले भनिन्, ‘जितपछि आकासेपुलसहित सुन्दर पोखरा बनाउने अभियानमा जुट्नेछु ।’

नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले २ पार्टी एक भएर जनतामा आएको उल्लेख गर्दै जनताले एकता र समृद्धिको शुरुआतलाई भव्य अनुमोदन गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘जनतले एकतालाई अनुमोदन गर्छन् । स्थायी सरकार बनेको छ । विकासले गति लिएको छ । यो गतिलाई निरन्तर राख्य पनि नेकपाको जित जरुरी छ ।

उनले करको बारेमा कांग्रेसले भ्रम सिर्जना गरेको दाबी गरे । कांग्रेसले जितेका नगरपालिकामा भन्दा पोखरामा करको दर बढी भएको पाइए मेयरसहित नेकपाका सबै जनप्रतिनिधिलाई राजीनामा दिन लगाउने उद्घोष गरे । उनले भने, ‘तपाईंहरु ढुक्क हुनुस् कांग्रेसले जितेको नगरमा भन्दा पोखरामा करको दर कम छ । बढी भएको प्रमाणित गर्नुहुन्छ भने नेकपाका सबै जनप्रतिनिधिलाई राजीनामा गर्न लगाउँछौं ।’

पोखरा ८ का चुनावी कमान्डर नेकपा केन्द्रीय सदस्य शारदाप्रसाद सुबेदी, सोमनाथ बराल, रुद्रनाथ बराल लगायतले विकास र समृद्धि संस्थागत गर्न र युवा तथा महिला सशक्तिीकरणका लागि नेकपालाई जिताउन आग्रह गरे ।

शनिबार सृजनाचोकबाट सुरु भएको चुनावी घरदैलो रत्नचोक, फिर्के, नागढुंगा हुँदै चालिसेचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । घरदैलोका क्रममा उम्मेदवार विद्याले वृद्धभत्ता, विधवा भत्ता जस्ता सामाजिक सुरक्षाका योजना ल्याउने पार्टीले वृद्धहरुको सम्मानपूर्वक बाँच्ने आधार बनाइदिएको बताइन् । उनले युवालाई शिक्षा, व्यक्तित्व विकास र रोजगारीको व्यवस्था गर्न समृद्ध नेपाल जरुरी रहेको बताइन् । उनले भनिन्, ‘समृद्धि, विकासबाटै रोजगारीका अवसर सिर्जना र जीवनस्तर उकास्ने मार्गचित्र नेकपासँग मात्रै छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button