अस्ट्रेलियाका क्रिकेटर एस्टन एगरलाई खेलको बीचैमा लाग्यो यस्तो चोट

पोखरा न्यूज -१, मंसिर । अस्ट्रेलियाका क्रिकेटर एस्टन एगरलाई पश्चिम अस्ट्रेलिया र दक्षिण अस्ट्रेलियाबीच भएको क्रिकेट खेलमा गम्भीर चोट लागेको छ । खेलमा क्याच लिने क्रममा बल हातबाट छुटेर आँखा र नाकको बीचमा लागेपछि एगरलाई चोट लागेको थियो ।

कारेन रोल्टोन ओभलमा मार्स एकदिवसीय कप अन्तर्गत भएको खेलको दोस्रो इनिङको ४१ औं ओभरमा उक्त घटना घटेको थियो । चोट लागेपछि रक्ताम्मे भएका उनको उपचारका लागि तुरुन्तै मेडिकल टोलीलाई मैदानमा बोलाइएको थियो । मार्कुस स्टोइनिसको बलमा एगरले आफ्नै भाइ वेस एगरको क्याच छुटाएका थिए ।

खेलमा त्यसपछि एगरले भाग लिएनन् तर पनि उनको टोली पश्चिम अस्ट्रेलियाले खेलमा ६ रनको जीत हात पार्यो । यसअघि खेलको पहिलो इनिङमा वेसको ५ विकेटको मद्दतले दक्षिण अस्ट्रेलियाले पश्चिम अस्ट्रेलियाको टोलीलाई २५२ रनमा रोकेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button