पोखरामा साग र निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा पारिदै

दीननाथ बराल, पोखरा न्यूज -१, मंसिर । साग र निर्वाचन लक्षित गरी पोखरामा शान्ति सुरक्षालाई कडा पारिने भएको छ । साग र निर्वाचनको समयमा पोखरामा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न कास्की प्रहरीले सुरक्षा व्यवस्थालाई कडा पारेको   कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन्।

यही मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर-२ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन र मंसिर १५ देखि २४ गतेसम्म १३ औं दक्षिण एशियाली खेलकुद (साग) का केही खेल पोखरामा समेत आयोजना हुने भएकोले  पोखराको शान्ति सुरक्षाको थप चुनौती आफुहरुलाई आएको एसपी कार्कीले जनाए । निर्वाचनमा नकरात्मक गतिविधि गर्ने तत्वलाई आफुहरुले हाल निगरानी गरेको एसपी कार्कीले बताए ।

स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न र सागमा हुनसक्ने  घटनालाई न्यूनिकरण गर्न  सुरक्षाका सबै  निकायलाई परिचालन गरिने भएको एसपी कार्कीले जनाए । प्रतिनिधिसभा सदस्यको निर्वाचन पोखरामा हुने हुँदा धेरै नेपालीहरुको चासो पोखरामा हुने भएकोले  धेरै मानिसहरुको चाप हुने एसपी कार्कीले जनाए । उनले भने “यसपालीको निर्वाचन सबैको ध्यान पोखरामा केन्द्रित भएको छ, यसमा हाम्रो लागि शान्तिसुरक्षाको उत्तिकै चुनौती रहेको छ । ”

सागमा नेपाल सहितका ७ देशका खेलाडीहरु पोखरामा आउने हुँदा उनीहरुलाई खेल मैदान देखि आवाशीय क्षेत्रसम्मको लागि निगरानी गर्ने भएको एसपी कार्कीले जनाए । पोखरामा एकै समयमा निर्वाचन र साग आयोजना हुने भएकाले जनशत्ति र सवारी साधनहरुको आवश्यक मात्रामा  माग गरिएको उनले जनाए । एसपी कार्कीले कास्की क्षेत्रमा हाल सेवाग्राहीले फोन गरेको करिब ५ मिनेट ८ सेकेन्डमा  प्रहरी पुग्ने गरेको बताए । विभिन्न वडा प्रहरी कार्यालयहरु मध्ये बैदाम वडा प्रहरी कार्यालय ४ मिनेट २९ सेकेण्डमा प्रहरीको उपस्थिती रहेको उनले जनाए ।

त्यसैगरी ग्रामिण इलाकामा ३२ मिनेट  ७ सेकेण्डमा प्रहरीको पहुच पुग्ने भएको एसपी कार्कीले जनाए । यस चालु आर्थिक बर्ष साउन देखि  कार्तिक सम्म २२ हजार ७ सय सवारी साधनहरु कारवाही हुँदा १ करोड ७४ लाख ४६ हजार रुपैया राजश्व संकलन भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button