कम्युनिष्ट र काँग्रेससँग जनता आत्तिए : संयोजक मिश्र

पोखरा न्यूज -१, मंसिर ।  कास्कीमा अहिले चुनावी माहोल छ । चुनावी मैदानमा रहेका उम्मेदवार सांसद बन्न घरदैलोमा व्यस्त छन् । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भए पछि यहाँ उपनिर्वाचन हँदैछ ।

कास्की क्षेत्र नम्बर २ का विभिन्न ११ वडामा बिहानदेखि साँझसम्मै पार्टीका नेता कार्यकर्ताको भीड देख्न सकिन्छ । मतदानको मिति नजिकिएसँगै साझा पार्टी पनि मतदाता भेटघाटमा व्यस्त छ ।  आइतबार मतदाता भेट्न उम्मेदवार रजनी केसी सहितको टोली वडा नम्बर २१ पुग्यो । साथमा थिए पार्टी संयोजक रवीन्द्र मिश्र । टोली दिनभर मतदाता भेटघाटमा सक्रिय बन्यो ।

मतदाता भेटघाट सकिएसँगै साँझ आयोजित कोणसभामा बोल्दै पार्टीका केन्द्रिय संयोजक मिश्रले देशले विकल्पको खोजी गरिरहेको र साझा पार्टी नै उत्कृष्ट विकल्प भएको बताए ।

राज्य राम्रो भए जनताका समस्या सम्बोधन हुने बताउँदै उनले कम्युनिष्ट र कांग्रेससँग जनता आत्तिएको बताए । ‘कांग्रेस र कम्युनिष्टसँग नाता सम्बन्ध नभई व्यापार चल्दैन, जागिर पाईँदैन, कर छल्न पाईँदैन,’ उनले भने, ‘पार्टीको छाताबाट निस्किए पछि हामीलाई कसले हेर्छ भन्ने डर हुन्छ, जसको कोही छैन, त्यसलाई राज्यले हेर्छ, पार्टीले हेर्नु पर्दैन ।’

कोणसभामा बोल्दै उम्मेदवार रजनी केसीले देश रुपान्तरणका लागि आफू राजनीतिमा आएको बताउँदै मत परिवर्तन गर्नुपर्ने समय आएको बताइन् । उनले वर्तमान राजनीतिक दलहरुलाई आफू परिवर्तनको उदाहरण बन्ने बताउँदै उनले नेपालको राजनीतिक परिभाषालाई बदल्ने स्पष्ट पारिन् ।

आर्थिक अपचलन गरेर भोट संकलन गर्नेलाई हामी प्रतिकार गर्छौँ, अब जनता पनि सचेत हुने बेला आयो,’ उनले भनिन् । उनले तामझाम गरेर भोट माग्न आउने उम्मेदवारसँग निर्वाचनमा गरिएको खर्चको स्रोत माग्न पनि मतदातालाई सचेत गराइन् । उनले सुसंस्कृत राजनीतिका लागि यसपटकको चुनावमा मन र मत बदलेर अगाडि बढ्न आग्रह गरिन् ।

पार्टीले आइतबार पोखरा–२१ को कृष्ति र निर्मलपोखरीमा घरदैलो कार्यक्रम गरेको पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले जानकारी दिए । सोमबार निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा–१६ मा घरदैलो कार्यक्रम गरिने पार्टीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button