फुटबल स्टेडिएमको प्यारापिटका सामान पोखरा भित्रियो

दीननाथ बराल, पोखरा न्यूज -१, मंसिर । पोखरा फुटबल स्टेडिएमको प्यारापिटका सामान पोखरा भित्रिएको छ । १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित पोखरामा निर्माण हुन लागेको पोखरा फुटबल स्टेडिएमको प्यारापिटको सामान पोखरा भित्रिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इ. दीपक बरालले बताए ।

महिला फुटबल हुने पोखरा फुटबल स्टेडिएममा कम्तिमा ८ देखि १० हजार सिट क्षमताको प्यारापिट निर्माण गर्ने उनले बताए । स्टिल स्टक्चरमा इन्टर लग सिस्टममा निर्माण हुने प्यारापिटको ग्राण्ड स्ट्याण्ड ६ वटा गाडीमा पोखरा आइपुगेको इ. बरालले बताए । सेन्थेथीक ट्याकको काम अबको करिब ३/४ दिनमा सम्पन्न हुने उनले बताए । रंगशालाको ग्यालरी ए र सी तर्फ शौचालय समेत निर्माण गरी हाल फिनिसिङको काम तिब्र गतिमा भएको इ. बरालले जनाए ।

उनले भने “ थोरै केही प्राविधिक कारण सब  हामीले रोपेको भारतिय दुवो केही भागमा मर्न गएकाले हामीले पुनः केही खाली रहेको ठाउँमा दुवो रोप्न दुवो मगाएका छौं, प्यारापिट जडान गर्न हामीले फ्रान्सबाट दक्ष कामदार समेत पोखरा भित्राएका छौं, हामीले मंसिर दोस्रो साता भित्र साग हुने गरी राखेपलाई फुटबल स्टेडिएम हस्तान्तरण गछौं । ”

 

यसै बिच राष्ट्रिय खेलकुद परिषदले काठमाण्डौंमा शनिबारदेखि सागको काउनडाउन शुरु गरेसंगै पोखरामा पनि आतासवाजी सहित काउनडाउन शुरु गरिएको राखेप सदस्य राजेश कुमार गुरुङले बताए । उनका अनुसार महिला राष्ट्रिय फुटबल टिमबाट रंगशालामा शनिबार साँझ दिपावली सहित आतासवाजी गरिएको हो ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हाल विजयपुर व्यारेकको खेल मैदानमा फुटबल प्रशिक्षण गर्दै आएको छ । यही मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुने साग अन्तर्गत पोखरामा ९ खेल हुने भएको छ । प्याराग्लाइडिङ हालसम्म अन्यौल भएको छ ।

नेपाल र भारत बाहेक अन्य टिमले प्रतियोगितामा सहभागिताको लागि नाम दर्ता गराएका छैनन् । प्रतियोगितामा सहभागि हुन कम्तिमा ३ टिम अनिवार्य खेलमा भने ४ टिम सहभागि हुनु पर्छ । साग अन्तर्गत  हाल २८ खेल हुने भनिएको छ । पोखरा फुटवल स्टेडिएम प्रोजेक्ट एक अर्ब २८ करोडको योजनाको हो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. जब सम्म ! जब राती , तब बुढि ताती भने झै हतार मा काम गर्ने बानी हट्दैन नेपाल कहिलै बिकाश हुदैन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button