पोखरामा हाइकिङ मार्फत पर्यटकीयस्थलको प्रवर्द्धन

पोखरा न्यूज -०२,मंसिर। हाइकिङका माध्यमबाट विभिन्न पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो आठौँ संस्करणको हाइकिङमार्फत पर्यटकीय स्थल मट्टिखानको प्रवर्द्धन गरेको छ ।

पोखरा महानगरपालिका–२१ मा रहेको मट्टिखान क्षेत्रका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यका साथ आठौं संस्करणको हाइकिङ मट्टिखान क्षेत्रमा गरिएको हाइकिङका संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।

प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न पर्यटकीय गाउँ तथा ठाउँमा हाइकिङ गरिँदै आइएको बताउँदै उहाँले स्वास्थ्य र पर्यटनको लागि हाइकिङ नाराका साथ यस अघि मिर्सा, काहुँडाँडा, शान्ति स्तुपा, चिलाउने खर्क, ठूला कोटलगायतका सात पर्यटकीय ठाउँसम्म हाइकिङ गरिसकिएको जानकारी दिए ।

हाइकिङसँगै घरवास सञ्चालित गाउँको प्रवर्द्धनको समेत उद्देश्य राखेका कारण गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)सँग पनि सहकार्य गरिएको रानभाटले बताए । छोटो दूरीका पदमार्ग, पर्यटकीयस्थलको प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डसँग पनि सहकार्य गर्दै अघि बढिने उनको भनाइ छ ।

आठौं संस्करणको हाइकिङका क्रममा २१ जना सहभागी भएको जानकारी दिँदै ट्रेकिङ गाईड सुन्दरमणि त्रिपाठीले स्याङ्जा र कास्कीको सिमानास्थित कुभिण्डेबाट पदयात्रा गर्दै रामकोटस्थित गुरुङ सङ्ग्रहालय, कालिका मन्दिर, साल्मेडाँडाको निर्माणाधिन गोर्खा स्मारकका साथै त्यहाँका ग्रामीण जनजीवनको अवलोकन गर्दै मट्टिखान पुगेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button