पोखरामा नि:शुल्क मुटु परीक्षण

पोखरा न्यूज -२, मंसिर ।   काठमाडौंको जयन्ती स्मृति प्रतिष्ठानको अयोजनामा पोखरामा निशुल्क मुटु परीक्षण शिविर सम्पन्न भएको छ ।

शिविरमा ४ सय ५० भन्दा बढी मुटुका विरामीले सेवा लिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सह–आयोजना तथा कोपिला नेपालको सहकार्यमा शिविर सम्पन्न भएको हो ।  शिविरमा सहभागी भएका मध्ये २५ जनामा मुटुसम्बन्धी समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं पठाइने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला नेतुत्वको टोलीले मुटु परीक्षण गरेको हो ।  शिविरमा कास्की र आसपासका जिल्लाबाट मुटुका विरामी सहभागी भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button