पोखरा-२३ चापाकोटमा होमस्टे सांस्कृतिक महोत्सव हुने

दीननाथ बराल, पोखरा न्यूज -०२,मंसिर।  पोखरा महानगरपालिका-२३ स्थित चापाकोटमा यही मंसिर २५ गते देखि चापाकोट देउराली समुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । चापाकोट पर्यटन प्रवर्द्धन समितिको आयोजनामा मंसिर २९ गतेसम्म संचालन हुने चापाकोटमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्राकृतिक, भौगोलिक, जैविक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक रुपले महत्वपुर्ण रहेको अध्यक्ष पराजुलीले जनाए । समुद्री सतहदेखी करिब १ हजार ३ सय मिटरको उचाइमा रहेको रैकर मगर गाउँ, चापाकोट, घडेरी, ओखलढुंगा गाउँहरुको पर्यटकीय सम्भावनाहरुलाई विकसित गर्नको लागि पनि महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक घनश्याम पराजुलीले बताए ।

उनका अनुसार महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजन चुड्का प्रतियोगिता, रत्यौली प्रतियोगिता र विभिन्न स्थानिय सांस्कृतिक कार्यक्रम हुने छ । प्रतियोगितामा विजेता टोलीलाई जनही २० हजार, उपविजेतालाई १० हजार र तेश्रो हुनेलाई ५ हजार दान गरिने भएको छ ।

महोत्सव सम्पन्न गर्न करिब १४ लाख ३० हजार खर्च लाग्ने भएको संयोजक पराजुलीले बताए । महोत्सवबाट करिब १५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ । महोत्सवबाट बचत भएको ७० हजार रुपैया स्थानिय काठमाट निर्माण गरीले भ्यु टावरमा लगानी गरिने भएको अध्यक्ष पराजुलीले जनाए ।

संस्कृतिको संरक्षण, झरनाहरुको संरक्षण समेत गरिने भएको उनले जनाए ।  पोखराको मुख्य बजारदेखि करिब १३ किलोमिटर पश्चिम तर्फ पर्ने फेवाताल किनारा हुदै सवारी साधनबाट ४५ मिनेटमा पुगिने, पैदलबाटै साँढे दुई घण्टामा चापाकोटमा पुग्न सकिने अध्यक्ष पराजुलीले बताए । चापाकोटमा खरीखोला मार्सी खोला, तारेभिर लगायतका ठाउँमा झर्ना समेत भएको उनले जनाए ।

चापाकोट देउँराली सामुदायिक होमस्टेमा हाल करिब २० घर धुरीमा होमस्टे संचालन भएको समितिका अध्यक्ष पराजुलीले बताए । उनका अनुसार एकै रातमा एक सय ५० जना पर्यटकलाई व्यवस्थापन गर्न सकिन्छ । आवासिय सहितको एक रातको प्रति पर्यटक ९ सय रुपैया शुल्क निर्धारण गरिएको उनले जनाए । आगन्तुक पाहुनालाई स्थानिय गाउँमा उत्पादन भएको साग सब्जी , फलफुल तरकारी उपलब्ध गराउने भएको स्थानिय विश्वराज पराजुलीले बताए ।

करिब एक बर्ष अघि संचालन भएको होमस्टेमा पर्यटक आगमन शुरु भएको उनले जनाए । गाउँमा धेरै सम्भावना भए पनि प्रचार प्रसारको कमीले गर्दा आफ्नो गाउँ पछि परेको पोखरा २३ का वडा अध्यक्ष बिष्णु प्रसाद पराजुलीले बताए । राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले गाउँको पर्यटन प्रवर्द्धन गर्न गाउँमा उत्पादन हुने बस्तुको राम्रो बजारीकरण गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button