फ्रान्समा पुल भत्किँदा एकको मृत्यु, कैयौं घाइते

पोखरा न्यूज -०२,मंसिर। दक्षिण पश्चिम फ्रान्समा पुल भत्किँदा एक जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहान ८ बजे भएको घटनामा एक १५ वर्षीया किशोरीको मृत्यु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार मृतकको आमालाई भने घटनास्थलबाट उद्दार गरिएको थियो ।

पुल भत्किँदा तीन सवारीहरु पुलमै रहेको त्यहाँको प्रहरीले जनाएको छ । पुल भत्किनु पछाडिको कारणको अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button