देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो हुँदैन : चालिसे

पोखरा न्यूज -०२,मंसिर । नेपाली कांग्रेसका नेता देवराज चालिसेले देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो नहुने बताएका छन् । नेपाली काँग्रेस पोखरा-३३ ले भरतपोखरीमा आयोजना गरेको कोणसभामा बोल्दै उनले  खेमराज पौडेल उमेरले बुढो भए पनि उनका विचार असाध्यै तन्नेरी भएको बताए ।

काँग्रेस नेता चालिसेले भने, ‘नेपाली कांग्रेसले ६० बर्षदेखि निरन्तर नेपाली जनताको सेवामा समर्पित मान्छेलाई उम्मेदवारको रुपमा पठाएको छ । उहाँलाई जिताउने जिम्मा तपाईहरुको हो ।’ उनले थपे, ‘देश र जनताका लागि निरन्तर निष्ठाको राजनीति गर्ने व्यक्तिको आदर्श कहिल्यै बुढो हुँदैन ।’

पञ्चायत र सशस्त्र युद्धका क्रममा महत्वपूर्ण भूमिका खेलेका खेमराज गुरुलाई उम्मेदवारको रुपमा पाउनु पोखरेली जनताका लागि गौरबको कुरा भएको नेता चालिसेले बताए । पौडेलको उम्मेदवारीमा प्रश्न गर्ने ठाउँ नरहेकोले अब सबै एकजुट भएर चुनाव जिताउनुपर्नेमा नेता चालिसेले जोड दिए ।

कार्यक्रममा  उम्मेदवार पौडेलले सरकार लोकतन्त्र मास्न, देशको ढिकुटी रित्याउनमा उद्धत रहेको आरोप लगाउदै  त्यसको खबरदारी गर्न आफू चुनावमा होमिएको बताए । उनले देश र लोकतन्त्रको रक्षाका लागि  नेपाली कांग्रेसलाई मत दन आग्रह गरे ।  पोखरा–३३ का चुनावी कमाण्डर एवं पार्टीका केन्द्रीय सदस्य जीवन परियारले पोखरा–३३ मा कांग्रेसको माहोल निकै राम्रो रहेको भन्दै यस पटक ७० प्रतिशत मत काँग्रेसको पक्षमा आउने दावी गरे ।

यसैबीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ चुनावी प्रचार अभियानका क्रममा भरतपोखरी पुगेका छन् । सोमबार बिहान पोखरा आइपुगेका नेता गुरुङ दिउसो पोखरा–३३ का विभिन्न स्थानका मतदातासंग भेटघाट गरे ।  उनले नेपाली राजनीतिको निकै सम्मानित व्यक्तित्व खेमराज पौडेललाई मत दिन आग्रह गरे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button