पराजित व्यक्तिहरु कास्कीमा आएर नेकपा विरुद्ध बोल्नु लाजमर्दो – अध्यक्ष थापा

पोखरा न्यूज -०२,मंसिर । नेकपाका कास्की अध्यक्ष एवं वडा नं १७ का चुनावी कमाण्डर कृष्ण थापाले पराजित  व्यक्तिहरु कास्कीमा आएर नेकपा विरुद्ध बोल्नु लाजमर्दो विषय भएको बताएका छन् ।

पोखरा -१७ मा सोमबार घरदैलो शुरु हुनुअघि दोविल्लामा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले आफ्नो ठाउँमा पराजित भएका व्यक्तिहरु कास्कीमा आएर नेकपा विरुद्ध बोल्नु लाजमर्दो विषय भएको भन्दै संसारको कुनैपनि तागतले कास्की २ को निर्वाचनमा नेकपालाई हराउन नसक्ने दावा गरे ।

सो अवसरमा बोल्दै उम्मेदवार विद्या भट्टराईले पोखरा १७ पर्यटकीय र धार्मिक हिसावले उत्कृष्ठ रहेको भन्दै उक्त वडा सहित समग्र पोखरामा आवस्यक विकासको जिम्मा आँफूले लिने उद्घोष गरिन् । “यहाँ थुप्रै पर्यटकीय स्थलहरु छन् त्यसको विकासका लागि म जिम्मेवार भएर अघि बढ्छु ” उनले भनिन् ।

कार्यक्रमा नेकपाको पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेलले वडामा रहेका ८० प्रतिशत मत नेकपाको सूर्य चिन्हमै आउने दावी गरे । नेकपाले दोविल्ला हुँदै सीतापाईलास्थित समृद्धि टोल, महतगौँडा, रातोपैर्हा , घारीपाटन लगायतका क्षेत्रमा सोमबार नै घरदैलो कार्यक्रम गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button