यस्तो छ कास्की काँग्रेसको तेस्रो चरणको चुनाबी कार्यक्रम

पोखरा न्यूज -०३,मंसिर ।  नेपाली काँग्रेस  कास्कीले चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ । उम्मेदवारसहित हुने तेस्रो चरणका कार्यक्रम ५ दिनको हुने काँग्रेसले जनाएको छ । कार्यक्रम १२ गतेसम्म जारी रहने कास्की काँग्रेसले जनाएको छ ।

कार्यक्रम अन्तर्गत मंसिर ६ गते पोखरा–४ र ९ मा घरदैलो, ७ गते पोखरा–१६ मैदानमा चुनावीसभा, पोखरा–१५ मा घरदैलो, ९ गते पोखरा–११, १७ मा घरदैलो कार्यक्रम हुनेछ । यसैगरी मंसिर १० गते पोखरा–८ र पोखरा–२० मा घरदैलो, ११ गते पोखरा–२१ र ३३ मा घरदैलो कार्यक्रम हुने कास्की कांग्रेसले जनाएको छ ।

यसैगरी काँग्रेसको चुनावी सभाको कार्यतालिका समेत सार्वजनिक भएको जनाएको छ । जस अनुसार मंसिर ६ गते पोखरा–९, बसपार्क, पोखरा–४ रामकृष्णटोल, मंसिर ७ गते पोखरा–१५ मा चुनावी सभा गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका संयोजक कृष्ण केसीले जानकारी दिए ।

यस्तै मंसिर ७ गते बिहान ८ बजे पोखरा–१६ मैदानमा चुनावीसभा हुनेछ । सभामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका नेताहरू सहभागी हुने कास्की कांग्रेसका सभापति केसीले जानकारी दिए ।

उनका अनुसार मंसिर ६ गते नै नेपाल तरुण दल कास्की क्षेत्र नं. २ ले मंसिर ६ गते चुनावीसभा आयोजना गरेको छ । पोखरा–७ स्थित राष्ट्रबैंकचोक रत्नचोकको बीचमा सडक डिभिजन कार्यालय अगाडि कार्यक्रम हुनेछ । सभालाई काँग्रेस नेताहरू गगन थापा, बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उदय समशेर राणा, विद्वान गुरुङ लगायतले संवोधन गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि पोखरा आउने कार्यक्रम छ । उनी मंसिर ९ गते पोखरा–११, रानीपौवा, पोखरा–१७ विरौटा, मंसिर १० गते पोखरा-८, पोखरा–२०, भलाम, पोखरा–२१ निर्मल पोखरीको चुनावीसभामा सहभागी हुने बताइएको  छ । यस्तै, नेता शर्मा मंसिर ११ गते पोखरा-२१ को कृस्ति र पोखरा–३३ को कालिका स्थानमा हुने चुनावीसभामा समेत सहभागी कास्की कांग्रेसले जनाएको छ ।

कास्की काँग्रेसको चुनाव प्रचार अभियान ११ वटै वडामा जारी छ । सबै वडामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम अन्तिम चरणमा पुगेको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button