नेपाली राष्ट्रिय महिला भलिबल टोली सम्मानित

पोखरा न्यूज -०३,मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधि जितेका नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गरेका छन ।

उनले मङ्गलबार दिउँसो उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपाधि जित्ने राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक र खेलाडीलाई सम्मान गरेका हुन् ।

उपराष्ट्रपति पुनले राष्ट्रिय महिला भलिबल टोलीको नाममा कप्तान अरुणा शाही र प्रमुख प्रशिक्षक जगदीश भट्टलाई लिखित बधाई सन्देश हस्तान्तरण गरे ।

खेलाडीलाई सम्मान गर्दै उपराष्ट्रपति पुनले भलिबलको ४१ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाललाई पहिलो उपाधि दिलाएर राष्ट्रिय महिला भलिबल खेलाडीहरुले राष्ट्रको गौरव र प्रतिष्ठा बढाएको बताए ।

सो अवसरमा राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले भलिबलमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउन पाउँदा अत्यन्त खुशी लागेको बताए । नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलमा राष्ट्रले ठूलो सफलता हासिल गरेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button