अफगानिस्तानमा हेलिकप्टर दुर्घटना हुँदा २ अमेरिकीको मृत्यु

पोखरा न्यूज -०४,मंसिर । अफगानिस्तानमा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा दुई अमेरिकी अधिकृतको मृत्यु भएको छ । राजधानी काबुलको दक्षिणमा रहेको लोगार प्रान्तमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

घटनाको जिम्मेवारी लिँदै अफगानिस्तानको तालिबानले युएस चिनोक हेलिकप्टर खसाएको एक ट्विटमार्फत बताएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले लोगारको पानग्राम क्षेत्रमा तालिबानलाई आक्रमण गर्न लागेको हेलिकप्टरलाई खसालेर पुर्ण रुपमा ध्वस्त पारेको बताए ।

अफगान रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले भने दुर्घटनामा तालिवानको हात रहेको कुनै प्रमाण नभेटिएको साथै घटनामा अफगानी सेनाको कसैलाई चोटपटक नलागेको बताएका छन् । तालिवानले यसअघि पनि यस्ता दुर्घटना आफुले गराएको भन्दै जिम्मेवारी लिँदै आएको आरोप लगाउदैँ अफगान सरकारले तालिबानको दाबी खण्डन गरेको छ ।

तालिबानले एक दिन अघि मात्र आफुले बन्धक बनाएको पश्चिमी देशका दुई नागरिकलाई रिहा गरेको थियो । तालिबान र सरकारबीच सम्बन्ध सुधारमा उक्त कदमले सहयोग पुर्याउने आशा गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button