पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक घाइते

पोखरा न्यूज – ०४, मंसिर । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक बिदेशी नागरिक घाइते भएका छन् ।

बुधबार करिव १२: ४५ मा भएको दुर्घटनामा  करिव ५० बर्षका  ब्रिटेन नागरिक म्याथ्यु फिड्डेस घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  घाइते फिड्डेसको मणिपाल अस्पताल पोखरामा उपचार भैरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले उल्लेख गरेको छ ।

ब्लुस्काई कम्पनी मार्फत  पोखराको सराङकोटबाट  सोलो उडान भर्ने क्रममा  फिड्डेस दुर्घटनामा परेको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button