सुरक्षा गार्डमा कार्यरत गोरखाका विक मृत फेला

पोखरा न्यूज – ०५, मंसिर । काठमाण्डौको एक गेष्ट हाउसमा सुरक्षा गार्डको रुपमा  कार्यरत गोरखाका ४५ वर्षीय कृष्ण विक मृत फेला परेका छन् ।

गोरखा घर भई तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्दै आएका विक गेष्ट हाउसमा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका– १६ माछापोखरी नजिक रहेको लालीगुराँस गेष्ट हाउसमा  सुरक्षा गार्डमा कार्यरत उनी  सोही गेष्ट हाउसमा मृत फेला परेका हुन्।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button