पोखरामा मिर्गौला पीडित मनिषा गुरुङलाई ६ लाख ३४ हजार सहयोग

पोखरा न्यूज – ०५, मंसिर ।  दुवै मिर्गौला फेल भई उपचार गराइरहेका कास्कीको मादी गाउँपालिका–७ थाक घर भई हाल पोखरा महानगरपालिका–१३ लामोडहरमा बस्दै आएकी २४ वर्षीया मनिषा गुरुङलाई सञ्जीवनी दिदी–बहिनी केन्द्रले रु ६ लाख ३४ हजार ३ सय ४० सहयोग गरेको छ ।

गुरुङको आर्थिक अवस्था कमजोर रहेकाले मिर्गाैला प्रत्यारोपणका लागि सहयोग पुर्याउने उद्देश्यले केन्द्रले बुधबार सो रकम पीडितलाई प्रदान गरेको हो ।

हङकङ निवासी केन्द्रका संस्थापक सदस्य कमला गुरुङको सक्रियतामा हङकङमा सङ्कलित सो रकम केन्द्रकी अध्यक्ष बिना गुरुङले मनिषा बचाऊ अभियान सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए ।

अभियानका संयोजक गुरुङले मिर्गाैला प्रत्यारोपणका लागि रु २० लाख खर्च लाग्ने चिकित्सकको भनाइ रहेको बताए  । पीडित गुरुङले हाल हप्ताको दुईपटक डायलासिस गर्दै आएकी छन।

यसअघि सहयोग समितिले दीपावलीको अवसरमा देउसीभैलोमार्फत उपचारका लागि रु ८ लाख सङ्कलन गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button