कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

दीननाथ बराल, पोखरा न्यूज – ०५, मंसिर । कास्कीको अन्नपूर्ण गाउँपालिकाको काँडे स्थित थामको डाँडामा आज (बिहीबार) बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

पोखरा देखि सल्यान जादै गरेको ग १ ख ३७७६ नम्बरको बस काँडेमा एक्कासी पल्टन पुग्दा १० जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।

घाइतेहरुको हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा पोखरा रत्नचोक निवासी ३८ बर्षीय खुसिमान गुरुङ, पोखरा मासवारका रत्नबहादुर गुरुङ, सृजनाचोकका ५८ बर्षीया आइतकुमारी गुरुङ, नागढुंगाकी २१ बर्षीया आहाना गुरुङ, घारीपाटनका ४३ बर्षीय नमता गुरुङ, पोखरा २७ साविक लेखनाथकी बिष्णु गुरुङ, अन्नपूर्ण १ पातलेका ७५ बर्षीय आस कुमार गुरुङ, पर्वत कुस्माकी ४० बर्षीया पवित्रा गुरुङ र लामाचौर पोखराका ५७ बर्षीय मैसे प्रसाद गुरुङ रहेका छन् ।

बस चालक तनहुँ रिसिङ गाउँपालिका ८ का २८ बर्षीय दानबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको वडा पहरी कार्यालय बगरका प्रहरी हवल्दार कृष्ण बस्नेतले बताए ।

चालकले बसको ब्रेक फेल भएको हुँदा बस दुर्घटना भएको प्रतिकृया दिएको बताइएको छ । उक्त बसमा करिब २२ जना यात्रु भएको स्थानीयले जनाए । शृङग यातायातको उक्त बस रिजर्वमा गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button