झाडीमा लुकाइएको नदीजन्य सामग्री फेला

पोखरा न्यूज -०५, मंसिर । तिनाउ र दानव नदी किनारबाट अवैधरूपमा नदीजन्य सामग्री चोरी निकासी हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिका–१७ हरिहरपुर नाकाबाट अवैधरूपमा सामग्री निकालेर लुकाइराखेको अवस्थामा फेला परेपछि यस्तो रहस्य बाहिर आएको हो ।

बुटवल उपहानगरपालिकाले अनुगमनका क्रममा नदी किनारका झाडीमा नदीजन्य फेला पारेको थियो । नदी किनारका झाडीमा झण्डै ७० टिपर जति नदीजन्य सामग्री फेला परेको र त्यसलाई उपमहानगरले नियन्त्रणमा लिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

उपहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, त्यसक्षेत्रका वडाका अध्यक्षहरु, राजश्व महाशाखा, वित्त व्यवस्थापन महाशाखा, नगर प्रहरी र नेपाल प्रहरीको टोलीले त्यसक्षेत्रको अनुगमन गरेको थियो । अनुगमनको टोलीको गाडी देख्नासाथ त्यहाँ अवैध उत्खनन गरेका गाडी सामान छाडेर भागेका थिए ।

अनुमगनमा गएका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले भागेका गाडी र मान्छेका बारेमा खोजी भइरहेको बताए बुटवल उपमहानगरपालिकाको वडा नं १७ को हरिहरपुर र धन्दापुरमा यसअघि नदीजन्य सामग्रीको ठेक्का लगाइएको थियो । सोही ठाउँ र नजिकैका विभिन्न स्थानबाट अवैधरूपमा सामग्री निकाल्ने गरेको सूचना पाएपछि उपमहानगरले एकैसाथ अनुगमन गरेको हो ।

उपमहानगरपालिकाका प्रमुखको सक्रिय सहभागितामा हालसम्म ६४ टिपरभन्दा बढी अवैध नदीजन्य पदार्थ नियन्त्रणमा लिइएको उपमहानगरको राजश्व महाशाखाले जानकारी दिएको छ । झाडीमा लुकाइराखेको सामान सबै उपमहानगरले नियन्त्रणमा लिएर आफ्नै गाडीमा उठाएको वडा नं १७ का अध्यक्ष सन्तबहादुर रानाले बताए ।

अवैध उत्खनन र निकासी गर्ने गाडीलाई मात्र नियन्त्रणमा लिने गरिएकोमा अबदेखि गाडीका चालक र मजदूरलाई समेत नियन्त्रणमा लिएर कानूनी कारवाही गर्न उपमहानगरको राजश्व र वित्त व्यवस्थापन महाशाखालाई निर्देशन दिइएको प्रवक्ता रेग्मीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button