पोखरामा नाटक लेखन कार्यशाला हुँदै

आर.आर. पौडेल, पोखरा न्यूज -०६, मंसिर ।  पोखरामा नाटक लेखन कार्यशालाको आयोजना गरिने भएको छ ।

पोखरा थिएटरको आयोजनामा नाटक लेखनमा अगाडी बढ्न खोज्नेहरुको लागि यो कार्यशालाको आयोजना गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए ।

कार्यशालामा सहजिकरण चर्चिक रंगकर्मी एवं चलचित्र निर्देशक तथा कलाकार खेगेन्द्र लामिछानेले गर्नेछन् । कार्यशाला मंसिर १० गतेदेखि १६ गतेसम्म आयोजना हुनेछ ।

कार्यशालामा सहभागी हुनेहरुले ७ दिनम्म दैनिक ५ घण्टाको समय कार्यशालाको लागि दिनुपर्नेछ । कार्यशालामा सहभागी हुन चाहनेहरुबाट १ हजार शब्दमा नबढाई लघुनाटक मागिएको र त्यहि लघुनाटकको आधारमा १० जनालाई कार्यशालाको लागि छानिनेछ ।  नाटक लेखन क्षेत्रमा नयाँ प्रतिभाको उत्पादन गर्ने लक्ष्यका साथ कार्यशाला आयोजना गरिएको पोखरा थिएटरले जनाएको छ ।

पोखरा थिएटरले नाट्य क्षेत्रमा अगाडी बढ्न खोज्ने नवोदित कलाकारको लागि विभिन्न कार्यशाला, तालिमको आयोजना गरी त्यस्ता प्रतिभालाई आफ्नो प्रतिभा देखाउन मञ्च समेत प्रदान गर्दै आएको छ । पोखरा थिएटरले माघ ६ देखि १० गतेसम्म महानगर स्तरिय विद्यालय नाटक महोत्सव २०७६ को आयोजना समेत गर्दैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button