गायक प्रकाश सपुतको केन्द्रिय सदस्यमा उम्मेदवारी !

आर.आर.पौडेल, पोखरा न्यूज -०६, मंसिर ।  अहिलेका चर्चित लोक दोहोरी गायक प्रकाश सपुत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ अधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिदैछन् ।

बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ३ मा बुबा बलबहादुर बिक र आमा मिना कुमारी विक पहिलो सन्तानको रुपमा जन्मिएका उनीसँग राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाण्डौको सचिवको जिम्मेवारी बहन गरेको अनुभव छ ।

गलबन्दी, दोहोरी व्याटल, बोलमाया आदी गीत मार्फत फरक पहिचान बनाएका सपुत पोखरामा हुने महाधिवेशनबाट केन्द्रिय सदस्य बन्दै गायनसँगै संस्थागत गतिविधिमा सम्लग्न हुँदै लोकदोहोरी क्षेत्रमा अगाडी बढ्ने हुटहुटी छ ।

उनमा कक्षा ९, १० पढ्दा साहित्य क्षेत्रमा झुकाब थियो । उनले कविता, मुक्तक लेखेर यात्रा प्रारम्भ गरे । २०६४ मा एसएलसी उत्रिर्ण भएपछि बाग्लुङमा पढ्दै काम गर्न थाले । अमृत आर्दशमा प्लस टु गरे । २०६६ बाट धौलागिरी एफ एममा केही समय काम गरे । त्यहिबेलामा पोखरा, बाग्लुङ, पर्वतमा राष्ट्रिय स्तरका प्रतियोगीतामा भाग लिने गर्थे ।

उनी २०६९ मा काठमाण्डौ हानिए । शुरुवातमा झरना दोहोरी साँझमा १०, १५ दिन मात्र काम गरे । त्यसपछी गामवेशी दोहोरीमा काम गरे । गामवेशी दोहोरी ठमेललेनै मेरो करियरको सबैभन्दा ठुलो सर्पोट गर्ने ठाउँ भयो । उनले साँगीतिक एल्बम २०६९ सालबाट निकाल्न सुरु गरे ।

पछिल्लो क्रममा सपुतको चर्चा सहित व्यस्तता पनि बढीरहेको छ । उनै गायक सपुतले सातौ महाधिवेशनमा सहभागी बन्ने १ हजार ३ सय १० प्रतिनिधिबाट अनुमोदन हुदैँ प्रतिष्ठानमा संस्थागत सहभागीता बढाउने योजना बनाएका छन् । ‘म केन्द्रिय सदस्यको दावेदार हुँ, म पहिल्यै हल्ला गर्दिन, मनोनयन दर्ता गरेपछि बल्ल प्रतिनिधिसँग भोट माग्छु’ उनले भने ।

प्रतिष्ठानको केन्द्रिय सदस्य बनेर काम गर्ने आफ्नो रहरलाई साथीहरुले सहर्ष स्विकार गर्नेमा उनी विश्वस्त छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन मंसिर ६, ७ र ८ गते पोखरामा हुँदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button