पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

दीननाथ बराल, पोखरा न्यूज -०६, मंसिर । पोखराको पृथ्बीचोकमा शुक्रबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएका छन्    ।

ना ५ ख ५६७१ नम्बरको बसले ग १२ प १९९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर पश्चात बसले थिचेका  मोटरसाइकल  र चालकलाई तत्कालै  यात्रु सहितका अन्य व्यक्तिहरुले बस  उठाएर उद्धार गरेका थिए ।

उद्धार लगत्तै उपचारका लागि  गण्डकी मेडिकल कलेज तर्फ लग्दै गर्दा मोटरसाइकल चालक  एकाएक सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ । उनलाई ठुलो चोट नलागेको र  लाइसेन्स नभएका कारण लुकेको हुन् सक्ने बताइएको छ ।

प्रहरीका अनुसार मोटरसाइकललाई ठक्कर दिनासाथ बसका चालक समेत  फरार भएका छन् ।

घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button