सुनको मुल्यमा गिरावट

पोखरा न्यूज -०६, मंसिर । साताको पहिलो दिन तोलाको ७१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्यमा साताको अन्तिम दिन सामान्य गिरावट आएको छ ।

शुक्रबार छापावाल सुन तोलाको ७१ हजार ७ सय मा कारोबार भएको छ भने तेजावी सुन तोलाको ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाल सुन तोलाको ७२ हजार रुपियाँ पुगेको थियो ।

शुक्रबार चाँदी भने तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मुल्य भने अघिल्लो दिनको तुलनामा यथावत् रहेको छ ।

साताको पहिलो दिन आइतबार चाँदी ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मुल्य साता कै उच्च विन्दु छुँदै ७२ हजार १ सय पुगेको थियो भने चाँदीको मुल्य पनि साताकै उच्च रहँदै तोलाको ८ सय ६५ पुगेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button