पोखरा न्यूज -०६, मंसिर । १३ औं साग अन्तर्गत हुने महिला र पुरुष फुटबलको टाइसिट एन्फाले सार्वजनिक गरेको छ । पुरुष फुटबलमा ६ राष्ट्र सहभागी हुने भएका छन् भने महिलातर्फ ४ राष्ट्र स्वर्णका लागि भिड्ने भएका छन् ।
एन्फाको टाइसिट अनुसार पोखरामा हुने महिला फुटबलमा आयोजक नेपालका साथै भारत, श्रीलंका र माल्दिभ्स सहभागी हुनेछन् । चार राष्ट्र मात्र सहभागी हुने भए पछि महिला फुटबल राउन्ड रोबिन प्रणालीमा खेलिने भएको छ जस अन्तर्गत सबै टोलीले एक अर्कासँग खेल्नेछन् । राउण्ड रोबिन लिग सकिएपछि शीर्ष दुई स्थानमा रहेका दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले आफ्नो पहिलो खेल पोखरा रंगशालामा श्रीलंकासँग खेल्नेछ ।
त्यस्तै पुरुषतर्फ भने ६ टोलीलाई दुई समुहमा बाडिँएको छ जस अनुसार समूह ‘क’ मा नेपालसहित भुटान र बङ्गलादेश छन् भने समूह ‘ख’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । राउन्ड रोबिनबाट आएका दुवै समुहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालले आफ्नो समूह चरणको पहिलो खेल बङ्गलादेशसँग दशरथ रंगशालामा खेल्नेछ ।
दक्षिण एसियाली खेलकुद (साग) मङ्सिर १५ देखि १४ गतेसम्म काठमाडौ, पोखरा र जनकपुरमा खेलाइने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution