इञ्जिनबाट आगोको झिल्का निस्केपछि विमानको आकस्मिक अवतरण

पोखरा न्यूज -०७, मंसिर । फिलिपिन्स जाँदै गरेको बोइङको एक यात्रुवाहक जेट प्लेनको दाहिने इञ्जिनबाट लगातार आगोको झिल्का निस्केपछि विमानको आकस्मिक अवतरण गरिएको छ । अमेरिकाको लस एञ्जेलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फिलिपिन्स एअरलाइन्सको फ्लाइट ११३ विमानमा उडेको केही क्षणमै समस्या देखिएको थियो ।

बोइङको ७७७ मोडेलको उक्त जहाजको दाहिने इञ्जिनले एक सेकेन्डमै कैयौं पटक आगोको झिल्का फालेको थियो । फिलिपिन्सको राजधानी मनिलाको लागि उडेको विमानको इञ्जिनबाट आगोको झिल्का लगातार निस्केको भिडियो एक महिला यात्रुले आफ्नो मोबाइलमा समेत खिचेका थिए । भिडियोमा विमानलाई इमरजेन्सी अवतरणका लागि पाइलटले अनुरोध गर्दै गरेको पनि सुन्न सकिन्छ ।

इञ्जिनबाट आगोको झिल्का आउनु पछाडिको कारण भने खुलिसकेको छैन । एअरपोर्टमा रहेका अन्य यात्रुले पनि विमानबाट आएको झिल्का देखेको बताएका थिए । बोइङको ७३७ मोडेलमा पनि यस अघि गम्भीर समस्या देखिए पछि उक्त मोडलका सबै जहाज हाल ग्राउन्डेड अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button