सुनको जलप लगाइएको मूर्ति चोरी

पोखरा न्यूज -०८, मंसिर । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ ।

सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ ९गोप्य दानपेटिका फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिए  । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताए  ।

गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । उनले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताए । बिहान ४ः०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button