
पोखरा न्यूज -०८, मंसिर । अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयको पार्किङ लटमा दुई बालकको गोली हानी हत्या गरिएको छ ।
सर्लेस प्राथमिक विद्यालयको पार्किङ लटमा मारिने बालकहरुको उमेर ११ र १४ वर्ष रहेको त्यहाँको युनियन सिटी प्रहरी विभागले जनाएको छ । मृतकमध्ये एक त्यहीँको विद्यार्थी रहेको र अर्का एक जना पुर्व विद्यार्थी रहेको पनि बताइएको छ ।
घटनामा १४ वर्षीय बालकको घटनास्थल मै मृत्यु भएको थियो भने अर्का बालकलाई ट्रमा सेन्टर लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
घटनामा प्रहरीले कसैलाई पक्राउ भने गरिसकेको छैन । ४ दिन अघि क्यालिफोर्निया मै २ जना माथि भएको गोली प्रहार र यो घटना सम्बन्धित भएको हुन सक्ने प्रहरीले बताएको छ ।





