पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

दीननाथ बराल, पोखरा न्यूज – ०९, मंसिर । पोखरा महानगरपालिकाका एक वडा अध्यक्षको गाडी माथि सोमबार  राति बम बिष्फोट भएको छ । पोखरा महानगरपालिका ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यको घरमा पार्किङ गरिराखेको हाइलक्स गाडीमाथि राति करिब २ बजे बम बिष्फोट भएको वडा अध्यक्ष आचार्यले बताए ।

पोखरा १७ मा आफ्नै घरमा बसेका अध्यक्ष आचार्यले गाडी पार्किङ गरे भन्दा माथिल्लो कोठामा सुतिराखेको अबस्थामा राति एकाएक ठुलो आवाज आएको उनले जनाए । ग २ च ४२६ नम्बरको गाडीमा बम बिष्फोट हुदा गाडी रहेको माथिल्लो भाग कोठाको तीन ठाउँमा चर्किएको र बम बिष्फोट हुदा पानी ट्याङकी समेत लिग भएको अध्यक्ष आचार्यले बताए ।

उक्त घटनाको बारेमा कुन प्रकारको बम हो त्यसको बारेमा अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख एस.पी. दानबहादुर कार्कीले जनाए । घटनामा संलग्न व्यक्तिहरुको हाल खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यही मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि उपनिर्वाचन हुने तयारी भइरहदा यस्तो घटना भएको हो । अपडेट 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button