म्याग्दीमा मानसिक सन्तुलन गुमाएका ४ जनाको उद्धार

कमल खत्री,पोखरा न्यूज – ०९ ,मंसिर ।  मानसिक सन्तुलन गुमाएर कष्टकर जिवनयापन गर्दै आएका म्याग्दीका चार जनालाई मानव सेवा आश्रम पोखराद्धारा उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका धौलागिरि गाउँपालिका–३ मुना फलिया गाउँकी ९ बर्षिय सुमिना विक, अन्नपुर्ण गाउँपालिका–४ नारच्याङका २६ बर्षिय गणेश पुर्जा, सोही ठाउँकी ५२ बर्षि मतिकला गर्वुजालाई उद्धार गरिएको हो ।
त्यसैगरि सदरमुकाम बेनीमा बेवारिस अवस्थामा डुल्दै आएका पहिचान खुल्न नसकेका एक जना पौढ पुरुषको समेत उद्धार गरिएको मानव सेवा आश्रम पोखराका संयोजक होमनाथ तिमिल्सीनाले जानकारी दिए । म्याग्दीमा परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषको संयोजनमा उनीहरुको उद्धार गरिएको हो ।
जन्म भएको १ बर्षदेखि नै मानसिक सन्तुलन गुमाएकी मुनाकी सुमिना साङ्लोमा र बिगत एक दशक बढी समयदेखि सन्तुलन गुमाएका नारच्याङगका गणेश पुर्जा शौचालय प्रयोजनको लागि बनाईएको कोठामा थुनिएर जिन्दगी बिताउँदै आएका थिए ।
उद्धार गरि पोखरा स्थित मानव सेवा आश्रममा लगिएका उनीहरुको पालनपोषण संगै आबश्यक उपचार समेत आश्रमले नै गर्ने र उपचार सम्भब भएर निको भएमा उनीहरुलाई पुनः आफन्तको जिम्मा लगाउने गरि उद्धार गरिएको आश्रमका संयोजक तिमिल्सीनाले बताए

मानसिक सन्तुलन गुमाएर कष्टकर जीवनयापन गर्दै आएका ब्यक्तिहरुको बारेमा संचारमाध्यम मार्फत समाचार प्रकाशन र प्रशारण भएपछि आश्रमका प्रतिनिधिहरुको टोली र ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी लगायतले जनप्रतिनिधिहरुको रोहवरमा उनीहरुलाई उद्धार गरेका थिए ।
मानव सेवा आश्रमका गण्डकी प्रदेशका संयोजक तिमिल्सीना, आश्रमका अभिभावक शिव खड्का र मानव सेवा आश्रम बागलुङ शाखाकी सुमिरा लामाको टोलीलाई बेनीमा कोषले औपचारिक रुपमा उनीहरुको संरक्षणको जिम्मा लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button