पोखरामा सागका ८ खेलमा १ सय ५१ पदकको लागि प्रतिस्पर्धा हुने

दीननाथ बराल, पोखरा न्यूज- ९, मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत  पोखरामा हुने ८ खेलमा एक सय ५१ पदकको लागि प्रतिस्पर्धा हुने भएको छ ।

४८ स्वर्ण पदक, ४८ रजत र ५५ वटा कास्य पदक सहित १ सय ५१ पदकको लागि एकल तथा सामुहिक तर्फ प्रतिस्पर्धा हुने भएको १३ औं साग प्राविधिक समिति पोखराका अध्यक्ष बिद्या मर्सानीले बताए ।

पोखरामा हुने साग अन्तर्गत  सवैभन्दा धेरै भारत्तोलनतर्फ २० स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएको छ । सामुहिक खेल महिला क्रिकेट, महिला फुटवल तर्फ एक/एक स्वर्ण, बिच भलिवल र ह्याण्डवल तर्फ महिला पुरुष गरी २/२ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएको छ ।

त्यसैगरी आर्चरी तर्फ १० स्वर्ण, व्याडमिन्टन तर्फ ७ स्वर्ण, ट्रायथलन  तर्फ ५ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएको अध्यक्ष मर्सानीले बताए । व्याण्डमिन्टन तर्फ रजत पनि ७ र कास्य पदक भने १४ वटा प्रदान गरिने भएको छ भने अन्य खेलमा स्वर्ण, रजत र कास्य पदक समान रुपमा प्रदान गरिने भएको उनले जनाए ।

४ सय १ जना महिला सहित ७ सय २२ जना खेलाडीहरु पोखरामा हुने ८ खेलमा सहभागि हुने भएका छन्। यही मंसिर १५ देखि २४ गतेसम्म पोखरामा  संचालन हुने १३ औं सागमा पुरुष भन्दा महिला ११ प्रतिशत अर्थात ८० जना बढी खेलाडीहरु सहभागि हुने भएका हुन् ।

१३ औं साग प्राविधिक समिति पोखराले दिएको तथ्याङकको आधारमा पोखरामा हुने सागमा ३ सय २१ जना पुरुष खेलाडीहरु सहभागि हुने भएका हुन्। उक्त खेलमा खेलाडी, अफिसियलसहित ९ सय ८ जना सहभागि हुने भएको समितिले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा सहभागि नेपाली खेलाडी, प्रशिक्षक सहितका अफिसियलहरुलाई मंगलबार काठमाण्डौंमा ब्रिफिङ गर्ने कार्यक्रम भएकोले पोखरामा प्रशिक्षणमा रहेका करिब १ सय जना खेलाडीहरुको टीम काठमाण्डौं गएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका अनुसार यही मंसिर १२ गते भित्र पोखरामा साग लक्षित सम्पूर्ण भौतिक संरचनाको काम पुरा हुने छ ।

पोखरामा हुने ८ खेलबाट १८ स्वर्ण पदक ल्याउने आश समेत गरिएको प्रमुख योगीले बताए । उनका अनुसार भारतोलनबाट ५ स्वर्ण, आर्चरी र ट्रायथलनबाट ३/३, ह्याण्डवल र बिच भलिवलबाट २/२ स्वर्ण, व्याडमिन्टन, फुटवल, क्रिकेटबाट १/१ स्वर्ण पदक आउने आश गरिएको छ । पोखरा रंगशालामा हाल साग लक्षित गरी भौतिक पूर्वाधार निर्माणको कार्य  अन्तिम चरणमा पुगेको राखेप सदस्य राजेश गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button