नेपाल भ्रमण वर्ष २०२० को प्रचार बङ्गलादेशमा

पोखरा न्यूज-१०, मंसिर । भक्तपुरका चित्रकार दीपेन्द्रमान बनेपालीले बङ्गलादेशको राजधानी ढाकामा ‘एकल चित्रकला प्रदर्शनी’ गर्नुभएको छ ।

ढाकामा आयोजित ‘अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी’का अतिथि कलाकार बनेपालीले नेपालको संस्कृतिसँगै पुरातात्विक, ऐतिहासिक तथा धार्मिक क्षेत्रको पहिचान झल्कने चित्र समावेश गरेर चित्रकला प्रदर्शनी गरिएको जानकारी दिए ।

प्रदर्शनीसँगै उनले नेपाल भ्रमण वर्ष २०२० मा “नेपाल घुम्न जाऔँ” भन्दै अतिथिहरुलाई नेपाली ढाकाटोपी लगाएर स्वागत गर्नुभएको थियो । बनेपालीले नेपाल भ्रमण वर्षको प्रवर्द्धन गर्ने उद्देश्यले नेपालका मठमन्दिर, लुम्बिनी, काठमाडौँ, पोखरालगायत विभिन्न पर्यटकीय क्षेत्रका बारेमा सहभागीलाई जानकारी गराइएको बताए  ।

बङ्गलादेशका वरिष्ठ कलाकार प्रा हमिद उदजमान खानले अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी ढाकामा पहिलो पटक भएको बताउँदै आपसी सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमले पुलको काम गर्ने उल्लेख गरेका थिए  ।

कार्यक्रममा बनेपालीले देशदेशबीच सम्बन्ध थप प्रगाढ बनाउन कला महत्वपूर्ण माध्यम हुने उल्लेख गरे  । नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको प्रदर्शनीमा चित्रकलातर्फ २० र हस्तकलातर्फका २६ कलाकारले सहभागिता जनाएका छन् । शनिबारदेखि शुरु भएको प्रदर्शनी सात दिनसम्म चल्ने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button