प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

पोखरा न्यूज-१०, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा गएका छन ।

स्वास्थ्य परीक्षणका क्रममा अस्पताल गएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको आशङ्का देखिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए  । एपेन्डिसाइटिस भएको पुष्टि भएमा शल्यक्रिया गरिने उनले बताए  ।

चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गाैलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button