सागको स्वागतार्थ पोखराका ७ ठाउँमा स्वागत गेट राखिने

दीननाथ बराल, पोखरा न्यूज – १०, मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वागतार्थ पोखराका ७ ठाउँमा स्वागत गेट राखिने भएको छ ।

यहि मंसिर १५ गतेदेखि पोखरामा हुने सागमा विभिन्न देशका  सहभागि खेलाडी, अफिसियल, दर्शक तथा आगन्तुकहरुको स्वागतको लागि महानगरभित्रका विभिन्न संघ संस्थाहरुले पोखराका ७  ठाउँमा स्वागत गेट राख्ने भएका हुन्।

पोखरा महानगरका मेयर मानबहादुर जिसीको उपस्थितीमा सोमबार बसेको बैठकले विभिन्न संघ संस्थाको सहयोगमा सागको स्वागत गेट राख्ने निर्णय गरेको हो ।

महानगरले मुस्ताङचोकमा, लेखनाथ उद्योग बाणिज्य संघले पोखराको तालचोकमा, पोखरा पर्यटन परिषदले वडा प्रहरी कार्यालय बैदाम नजिकको सडकमा , नेपाल पर्यटन वोर्डले हल्लनचोकमा , पोखरा उद्योग बाणिज्य संघले छोरेपाटनमा , प्याव्सन तथा एनव्याव्सनले  ३२ केभी अम्मरसिंहचोकमा तथा पोखरा उद्योग बाणिज्य संघ बस्तुगत संघको सहयोगमा  सिमपानीमा स्वागत गेट राख्न आव्हान गरिएको छ ।

सागलाई लक्षित गरी यही मंसिर १३ गतेभित्र सातै ठाउँमा  स्वागत गेट निर्माण गर्न मेयर जिसीले सम्पूर्ण संघ संस्थालाई आव्हान गरेका छन्।

पोखरा रंगशालामा हाल साग लक्षित गरी भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको राखेप सदस्य राजेश गुरुङले बताएका छन्  । साग लक्षित गरी पोखरा रंगशालाको सौन्दर्यको काम समेत तिव्र पारिएको उनले जनाए ।

पोखरामा सागमा महिला फुटवल र क्रिकेट, बिच भलिवल, ह्याण्डवल, भारतोलन, व्याडमिन्टन, आर्चरी र ट्रायथलन  खेल हुने भएको छ ।

पोखरामा हुने ८ खेलमा १ सय ५१ पदकको लागि प्रतिस्पर्धा हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button